नरसंहारको विरोधमा म्यानमार दूतावास अगाडि नागरिक अगुवाको प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २१, शुक्रबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फागुन २१ काठमाडौं । म्यानमारमा भएको नरसंहारको विरोधमा ललितपुरस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको छ ।

वृहत नागरिक आन्दोलनको अगुवाइमा ललितपुरको नख्खुस्थित म्यानमारको दूतावास अगाडि शुक्रबार बिहान विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीले म्यानमारका जनताले जस्तै तीनवटा औंला देखाएर प्रदर्शन गरेका थिए । तीन औंलाले स्वतन्त्रता, समानता र ऐक्यबद्धताको संकेत गर्दछ ।

उनीहरुले म्यानमारका जनताको आन्दोलनमा नेपालीहरुको ऐक्यबद्धता रहेको सन्देशयुक्त प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा डा. गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायतको सहभागीता छ ।

म्यानमारमा गत फेब्रुअरी १ मा सैनिक ‘कू’ भएपछि सुरु भएको प्रदर्शन दबाउन सुरक्षाकर्मीले गोली चलाउँदा ५० भन्दा बढीको मृत्यु भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस