आज जसपाको पदाधिकारी बैठक: के–के छन् एजेण्डा ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र ३, मंगलबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र ३,काठमाडौँ । जसपाको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो दुई बजे बोलाइएको छ।

नेता अशोक राईका अनुसार बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्नेलगायतका विषयमा छलफल हुनेछ ।

आगामी बिहीबार बस्ने कार्यकारिणी परिषदको बैठकमा संगठनात्मक खाका प्रस्तुत गर्ने जसपाको तयारी छ ।

पदाधिकारी बैठकमा सत्ता समीकरणको विषयमा समेत छलफल हुने अनुमान छ । नयाँ सत्ता समीकरणमा जसपा निर्णायक भूमिकामा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस