विद्युत् प्राधिकरणमा कर्मचारीद्धारा कुलमानको स्वागत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २७, बुधबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन २७, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्त भएका कुलमान घिसिङले बुधबार प्राधिकरण पुगेका छन् । उनलाई प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए । घिसिङले बुधबार नै पदभार ग्रहण गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई पुनर्नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मानेका थिएनन् । उनले प्रक्रिया पुरा गर्नुपर्ने बताएपछि मन्त्रिपरिषदमा पुगेको नियुक्ति प्रस्तावमाथि छलफल हुन पाएको थिएन ।

तर, नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री शेरबहादुर देउबा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालबीच सहमति भएको थियो ।

घिसिङको यसअघिको कार्यकालमा सुरु गरेका धेरै आयोजना प्राधिकरणको वर्तमान नेतृत्वले अघि बढाउन नसकेको र प्राधिकरण फेरि पहिलेकै अवस्थामा फर्किने जोखिम हुने ठहर गर्दै घिसिङलाई फेरि मौका दिने सहमति भएको मन्त्रालय स्रोत बताउँछ ।

ताजा अपडेट

खोजी गर्नुहोस