साउन ३२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले गम्भीरतापूर्वक जिम्मेवारी निभाउने बताएका छन् ।
प्रधानमन्त्री देउवाले सोमबार बिहान ट्वीट गर्दै अफगानिस्तानमा रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन दिइसकेको बताएका हुन् ।
‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने बताएका छन् ।