प्रधानमन्त्री र ठाकुर पक्षका नेताहरुबीच बालुवाटारमा भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र १, मंगलबार (३ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

भदौ १, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका शीर्ष नेताहरुबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायत बालुवाटार पुगेका थिए । भेटमा ठाकुर पक्षका नेताहरुले दल विभाजनसम्बन्धी अध्यादेशबारे चासो राखेको थिए ।

ठाकुर पक्षका नेताहरुले नागरिकता विधेयक नल्याई प्रतिनिधिसभा अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टि जनाएका छन् । ‘नागरिकता अध्यादेशलाई प्रतिस्थापन गर्ने विधयेक ल्याउने कुरा भएको थियो । तर अधिवेशन अन्त्य भयो,’ नेता भण्डारीले भने, ‘यसबारे हामीले प्रधानमन्त्रीको ध्यानाकषर्ण गराएका छौं ।’

ठाकुर पक्षका नेताहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न, त्यसअनुसार टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीको रिहाईको प्रक्रिया थाल्न पनि माग गरेका छन् ।

हामीले संविधान संशोधनका लागि कार्यदल बनाएका थियौं, यसबारे पनि ध्यानाकर्षण गराएका छौं उनले बताए, जवाफमा प्रधानमन्त्री देउवाले  छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने र त्यसपछि सबै कामले गति लिने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस