प्रदेश १ : प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बृद्धि

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ भाद्र २, बुधबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भदौ २, काठमाडौं । प्रदेश १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बढाएको छ । प्रदेश-१को भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारीको भाडा २३ प्रतिशतसम्म बढाएको हो ।

यात्रुबाहक सवारीको भाडा २२ प्रतिशत बढाएको प्रदेश सरकारले पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा पनि १६.५ प्रतिशत बढाएको छ । तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा भने २३ प्रतिशत बढाएको छ ।

संघीय सरकारले गत असार २९ गतेबाट लागू हुने गरी २८ प्रतिशतसम्म लामो दूरीमा चल्ने (अन्तरप्रदेश) सवारीको भाडा बढाएको थियो ।व्यवसायीको विरोध

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भने प्रदेश १ सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । महासंघका महासचिव सरोज सिटौलाले संघीय सरकारले वैज्ञानक रुपमा बढाएको भाडादरअनुसार नै प्रदेश र स्थानीय तहले समायोजनको निर्णय गर्नुपर्ने बताउँछन् ।

‘संघीय सरकारले वैज्ञानिक रुपमै अध्ययनका आधारमा भाडा बढाएको हो, स्थानीय रुटमा चल्ने सवारीको सञ्चालन खर्च लामो दूरीकोभन्दा कम छैन,’ उनले भने,’संघको निर्णयमा नटेकी भएको निर्णयप्रति हाम्रो असहमति छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस