भदौ २, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने भएको छ ।
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले नयाँ दल दर्ताको तयारी गरेको हो । त्यसका लागि अहिले ठाकुर पक्षका नेताहरुको बैठक बसिरहेको छ ।
एक नेताका अनुसार जनता जसपा नेपाल (लोकतान्त्रिक) राखिनेछ भने अध्यक्ष महन्थ ठाकुर रहनेछन् ।