एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा एमाले समाजवादी बनाउने निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २, बुधबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भदौ २, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल नेकपा एमाले समाजवादी बनाउने निर्णय गरेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । लगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेका छन् ।

एक केन्द्रीय सदस्यका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस