भदौ ३, काठमाडौं। इतिहासमै पहिलो पटक महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य भएकी छन् । देश संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको हो ।
बुधबार एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी हुन् । २०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि संघीयता अन्तर्गत प्रदेश सरकारहरु गठन भए ।
बागमती प्रदेशमा भने २०७४ को निर्वाचनपछि पहिलो पटक सरकारको नेतृत्व परिवर्तन भएको हो । बुधबार डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य एमालेको संसदीय दलको नेता चुनिँदै सोही आधारमा मुख्यमन्त्री नियुक्त भइन् ।