नेपाल पक्षका सांसदलाई कारबाही गर्न एमालेद्वारा सभामुखको ध्यानाकर्षण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ भाद्र ३, बिहिबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भदौ ३, काठमाडौं । नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका पूर्वप्रधानमन्त्री माधव नेपालका १४ जना सांसदहरुलाई तत्काल कारबाही गर्न नेकपा (एमाले)ले सभामुखको ध्यानाकर्षण गराएको छ ।

बिहीबार बिहान सभामुख अग्निसापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले कारबाहीका लागि ध्यानाकर्षण गराएको हो ।

एमाले स्थायी कमिटी बैठकले १ भदौमा माधव नेपालसहित १४ जना सांसदहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । पार्टीले कारबाही गरेको जानकारी एमालेले संसद सचिवालयमा गराइसकेको छ ।

एमालेले कारबाही गरेको निवेदन पठाएपछि माधव नेपाल पक्षका सांसदहरुले यसअघि नै संसद सचिवालयमा कारबाही नगर्न भन्दै निवेदन दिइसकेका छन् ।

एमालेले कारबाही गरेका सांसदसहित नेताहरुले बिहीबार नै माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दार्ताका लागि निवेदन दिइसकेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस