माधव नेपालको पार्टीको नाम फेरियो : ‘नेकपा एकीकृत समाजवादी’ दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र ४, शुक्रबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र ४,काठमाडौँ । माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ ।

राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् । यसअघि नेपालले प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेको आयोग स्रोतले बताएको थियो । एमाले जोडिएको नाम अस्वीकृत हुने सम्भावना देखेपछि नयाँ नाम प्रस्ताव गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस