‘कम्युनिष्ट आन्दोलनको उपलव्धी बचाउन नयाँ पार्टी जन्मायौँ ‘ : नेता पाण्डे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र ५, शनिबार (३ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

भाद्र ५,धादिङ । नवगठित पार्टी नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र प्रसाद पाण्डेले एमालेका अध्यक्ष केपी ओली इतिहासकै कलंकित कम्युनिष्ट पार्टीको अध्यक्ष बनको बताएका छन् । उनले कम्युनिष्ट आन्दोलनको उपलव्धी बचाउन पाटीलार्ई पुर्नगठीत गर्नुपरेको बताएका छन् ।

शनिबार सदरमुकाम धादिङबेसीमा युवा संघ धादिङको प्रथम विस्तारित बैठकमा सम्बोधनका क्रममा नेता पाण्डेले एमालेका अध्यक्ष केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न लागेकाले आफुहरुले बाध्य भएर पार्टीलाई पुर्नगठित गर्नुपरेको बताएका हुन् । नेता पाण्डेले भने, ‘पार्टी एकताबाट नै थप शक्तिशाली बनेको तथ्य ओलीले कहिल्यै महसुस गरेनन् ।’ एउटा गुटको मात्रै नेतृत्व गरेर मनोगत ढंगले पार्टी चलाउँदा नेपालमा कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको उनको तर्क थियो ।

पूर्वमन्त्री समेत रहनुभएका पाण्डेले केपी ओली कहिल्यै कम्युनिष्ट एकताको पक्षमा नरहेको समेत बताए । ‘नेकपा नबनेको थियो भने एमालेले ५० सिट भन्दा एक सिट पनि जित्दैन थियो, माओवादी सँग एकता भयो र ८० सिट र समानुपातिक सहित १२१ सिट जितियो यो महसुस केपीले कहिल्यै गरेनन । हुँदा हुँदा केपीले एमालेको एउटा गुटको नेतृत्व गर्न थाले अन्ततः मनोगत ढंगले पार्टी चलाउन थाले, यो भएसँगै एमाले पुनरगठन नगरिए कम्युनिष्ट आन्दोलनमा ठुलो क्षेति हुने भएकाले केपी ओलीलाई छाडेर नेकपा एकीकृत समाजवादी पार्टी जन्माउन बाध्य भयौँ ‘ – पाण्डेले भने।

 

ताजा अपडेट

खोजी गर्नुहोस