भाजपा विदेश विभाग प्रमुख काठमाडौंमा व्यस्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र ७, सोमबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र ७,काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आएका छन् । उनले आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चौथाइवालेले प्रधानमन्त्रीमा नियुक्त भएकोमा देउवालाई बधाई दिएका थिए । देउवासँग भाजपा र नेपाली कांग्रेसको सम्बन्ध विस्तारबारे समेत छलफल भएको चौथाइवालेले ट्वीटमार्फत जानकारी दिएका छन् ।

आइतबारै उनले कांग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग पनि भेटघाट गरेका छन् । केही दिन काठमाडौंमा रहँदा उनले अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस