भाद्र ८,काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आफ्नो घोषणापत्र र पार्टीको नियमावली तयार गरेको छ । नेपालसहित उनी पक्षीय नेताहरु पार्टीको दस्तावेज तयार गर्न चन्द्रागिरी रिसोर्ट पुगेका थिए ।
३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबारको बास बस्नेगरी चन्द्रागिरी पुगेका हुन् । नयाँ पार्टीको घोषणापत्र, अन्तरिम विधान २०७८, राजनीतिक प्रस्ताव र पार्टी नियमावली लगायतका चारवटा प्रस्तावलाई अन्तिम रुप दिनेगरी छलफल गर्न चन्द्रागिरीमा आवासीय बैठक राखिएको हो ।
स्रोतका अनुसार चारवटै दस्तावेज सोमबार बेलुका नेताहरुलाई बाँडिएको र अध्ययनपछि मंगलबार भइरहेको छ । नेकपा ९एकीकृत समाजवादी० का नेताहरुलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि बोलाएको छ ।