एकीकृत नेकपा समाजवादी पार्टी दर्ता प्रक्रिया: सनाखतका लागि आयोगले तोक्यो समय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र ८, मंगलबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र ८,काठमाडौँ । माधव नेपाल नेतृत्वको प्रस्तावित एकीकृत नेकपा समाजवादी पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगले सनाखतको समय तोकेको छ । बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ ।

माधव कुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएका छन् । अध्यादेश अनुसार २० प्रतिशत बनाउन २०३ सदस्यीय एमाले केन्द्रीय सदस्यको ४१ जना पुर्याउनुपर्छ ।

नेपालले नयाँ दल दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली निर्वाचन आयोगमा बुझाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस