प्रधानन्यायाधीश जबराले भने सडकमा माग्दैमा राजीनामा दिन्नँ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ९, मंगलबार (३ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

कात्तिक ९, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् ।

फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

तर जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा नदिने जबराले भने।

उनले आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको समेत बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस