एमालेको केन्द्रीय कमिटीको बैठक सुरु हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १२, शुक्रबार (३ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कात्तिक १२, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक अहिले बस्दै छ । बिहान ११ बजेदेखि सुरु भएको बैठकमा राष्ट्रिय महाधिवेशन र कार्यतालिकाको विषयमा छलफल हुँदै छ ।

तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकले स्थायी कमिटीले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको केन्द्रीय कमिटी बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा पनि हुने कार्यालय सचिव तामाङले जानकारी दिए ।

नेकपा एमालेको वडा अधिवेशन कात्तिक ६ गते र पालिका अधिवेशन कात्तिक ९ गते भएका थिए । कतिपय वडा र पालिकामा भने अधिवेशन हुन अझै बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस