प्रधानन्यायाधीशले तोके ८ वटा इजलास, १७२ मुद्दाको पेसी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक १२, शुक्रबार (३ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

कार्तिक १२, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि ८ वटा इजलास तोकेका छन् । एकल इजलास तोकेर मुद्दाको सुनुवाई गर्दै आएका प्रधानन्यायाधीश जबराले शुक्रबार भने आफूलाई न्यायाधीश कुमार चुडालसँग संयुक्त इजलासमा पेसी तोके ।

प्रधानन्यायाधीश जबराले शुक्रबार तोकेका पेसीमा दीपकुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, टंकबहादुर मोक्तान र हरि फुयाल प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्मा तथा चोलेन्द्रशमशेर जबरा र डा।कुमार चुडालको संयुक्त इजलास गठन गरेका छन् ।

एकल इजलासमा डा। आनन्दमोहन भट्टराईलाई बन्दी प्रत्यक्षीकरण सहितका मुद्दाको पेसी तोकेका छन् । आजका लागि एक एकल इजलाससहित आठ इजलासमा १७२ मुद्दाको पेसी तोकिएको छ ।

तर न्यायाधीशहरूले शुक्रबारका लागि पनि आन्तरिक छलफल राखेका कारण एकल वा संयुक्त इजलास बस्ने सम्भावना ज्यादै कम छ । अघोषित इजलास बहिष्कार गरेका न्यायाधीशहरुले आजको इजलास पनि बहिष्कार गर्ने जनाइएको छ । जसले आजको इजलासमा सुनुवाई प्रभावित हुने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस