कांग्रेसमा कार्यबाहक सभापतिको जिम्‍मेवारीमा निधि

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक १२, शुक्रबार (३ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

कात्तिक १२, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापतिको जिम्‍मेवारी दिइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप-२६ मा भाग लिन बेलायत गएकाले निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

कांग्रेसका मुख्‍यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ कांग्रेस सभापति, संसदीय दलका नेता एवं सम्‍माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप-२६ मा भाग लिन बेलायत प्रस्थान गर्नु भएकाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा १३ बमोजिम स्वदेश नफर्कुञ्जेल सम्मका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापति तोक्नु भएको छ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस