राष्ट्रपतिद्धारा संसदको दुवै सदनको अधिवेशन अन्त्य भएको घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १२, शुक्रबार (३ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कात्तिक १२, काठमाडौं । संघीय संसदका दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ ।

मन्त्रिपरिषदको कात्तिक ११ को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अन्त्य भएको घोषणा गरेकी हुन् ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गतेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक पनि अन्त्य भएको जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस