जबरालाई राजीनामा दिन नेपाल बारको पाँच दिनको अल्टिमेटम

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १२, शुक्रबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कातिक १२,काठमाडौँ । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएको छ ।

यसअघि नै प्रधानन्यायाधीश जबराको राजीनामा मागेको बारले आज शुक्रवार कार्यसमितिको बैठकबाट आन्दोलनका कार्यक्रम घोषणा गरी राजीनामा दिन अल्टिमेटम दिएको हो ।

पर्सि आइतवारदेखि बुधवारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय छ । बारले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न माग गरेको छ ।

बारले तय गरेका कार्यक्रम अवधिभर पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने बारका महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस