एमालेले थप्यो महाधिवेशन प्रतिनिधि, २७ कात्तिकमा छानिने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक १३, शनिबार (३ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

कार्तिक १३, काठमाडौँ । नेकपा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या थपिने भएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संऋया चार सय थप गर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको स्थायी कमिटीको एक हजार पाँच सय ३६ प्रतिनिधि चयन गर्ने निर्णयलाई परिर्माजन गर्दै शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले महाधिवेशनमा एक हजार नौ सय ९९ जना सहभागी गराउने निर्णय गरेको हो । पार्टी सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यहरूले प्रतिनिधिको संख्या बढाउन सुझाव दिएअनुसार संख्या बढाउने निर्णय भएको बताए ।

आगामी १० देखि १२ मंसिरमा चितवनमा सम्पन्न हुने महाधिवेशनका लागि २७ कात्तिकमा देशभर एकैदिन प्रतिनिधि छनोट गर्ने निर्णय एमालेले गरेको छ । महाधिवेशनको उद्घाटन सकिएलगत्तै एमालेमा नयाँ नेतृत्वका लागि मतदान सुरु हुनेछ ।

यसपटक एमालेले केन्द्रीय कमिटीको नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा विद्युतीय मतदान मेसिनको प्रयोग गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस