‘काँचो धागोले बाँधेको सत्ता गठबन्धन होइन यो मजबुत छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १३, शनिबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक १३, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन काँचो धागोले बाँधे जस्तो कमजोर नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा नेपालले सत्ता गठबन्धन मजबुत रहेको बताएका हुन् ।

नेपालले पाँच दलीय गठबन्धनले चुनावसम्मै निरन्तरता पाउने पनि बताए । गठबन्धन दलहरुबीच विभिन्न विषयमा मतान्तर देखिएका बेला अध्यक्ष नेपालले यस्तो बताएका हुन् । फरक प्रसङ्गमा अध्यक्ष नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा गठबन्धनभित्र कुनै छलफल नभएको बताए ।

उनले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने पनि दाबी गरे । प्रदेश नं १ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने भन्दै उनले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाए ।

ताजा अपडेट

खोजी गर्नुहोस