एमाले धादिङको नेतृत्वका लागि आज मतदान जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ३, बिहिबार (१ साल अघि)
  • ४१ पटक पढिएको
एमाले धादिङको नेतृत्वका लागि आज मतदान जारी

फागुन ३, धादिङ । गत माघ १९ गते औपचारिक उद्घाटनसत्र सकेर बन्दसत्र सुरु हुँदै गर्दा आन्तरिक विवादका कारण स्थगित भएको नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन सुरु भएको छ । आज नयाँ नेतृत्वका लागि निर्वाचन हुने नेकपा एमाले धादिङले जानकारी गराएको छ ।

नयाँ नेतृत्वका लागि भूमि त्रिपाठी र डा रामकुमार अधिकारीको स्पष्ट प्यानल देखिने गरी उम्मेदवार खडा गरेर निर्वाचनमा गएका छन् ।

अध्यक्षका उम्मेदवार भूमि त्रिपाठीको प्यानलमा उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ, सचिवमा राधिका सापकोटा, उपसचिवमा महिलातर्फ उर्मिला रेग्मी र खुल्लातर्फ भक्तबहादुर लामिछानेले उम्मेदवारी दिदिएका छन् । डा रामकुमार अधिकारी तर्फबाट उपाध्यक्षमा रामकुमार आचार्य, सचिवमा हरिराम लोहनी, महिला उपसचिवमा खुवीकुमारी तामाङ र खुल्ला उपसचिवमा काजी श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस