फागुन ४, काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ९ बजे बोलाइएको छ । बैठकमा हिजोको बैठकबाट आएका प्रस्तावमाथि छलफल हुनेछ । छलफलबाट परिमार्जनसहित महासमितिको बैठकमा जाने सदस्य कल्याण गुरुङले जानकारी दिए ।
बिहीबारबाट सुरु भएको कार्यसमितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयको प्रतिवेदन, महमन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन र उपसभापति पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रस्तुत हुने नीतिगत प्रस्ताव पेश गरेका थिए ।