फागुन ४, काठमाडौं । आज एकैपटक चार वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक अध्ययन उपसमितिले सम्बन्धित मन्त्रालय, सरोकारवाला, विज्ञ एवं संशोधनकर्ता सदस्यसँग छलफल गरी तयार गरेको प्रतिवेदन समितिमा छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ ।