निर्वाचन आयोगले ४१ राजनीतिक दल खारेज गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ४, शुक्रबार (१ साल अघि)
  • ३१ पटक पढिएको
निर्वाचन आयोगले ४१ राजनीतिक दल खारेज गर्दै

फागुन ४, काठमाडौँ । निर्वाचन आयोगले ४१ राजनीतिक दलको खारेजीको प्रक्रिया सुरु गरेको जनाएको छ ।

आयोगले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिक नगर्ने दललाई खारेज गर्न लागेको हो ।

नियम उल्लंघन गरेका कारण तोकिएको जरिवानासमेत नबुझाएपछि दलहरु खारेज गर्न लागेको आयोगले जनाएको छ । यी ४१ दललाई जरिवाना बुझाउन अन्तिम एक पटक मौका दिइने बताइएको छ । मौका दिँदा पनि जरिवाना नबुझाए दलको खारेजी प्रक्रिया अगाडि बढाउने आयोगले निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस