जसपाका तीन नगर समिति पुनर्गठन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० फागुन ६, आईतबार (१ साल अघि)
  • १८ पटक पढिएको
जसपाका तीन नगर समिति पुनर्गठन

फागुन ६, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनवटा नगर समिति पुनर्गठन भएका छन् । शनिबार पुनर्गठन गरिएका नगर समितिहरुमा काठमाण्डौ महानगरपालिका, सर्लाहीको हरिपुर नगरपालिका र मोरङको रङ्गेली नगरपालिका रहेका छन् ।

पाार्टीका राजनीतिक समिति सदस्य शोभा बज्राचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमबाट सुरज महर्जनको अध्यक्षतामा २९ सदस्यीय काठमाण्डौ महानगरपालिका समिति गठन भएको छ ।

त्यस्तै सन्तोष साह रौनियारको अध्यक्षतामा सर्लाहीको हरिपुर नगर समिति पुनर्गठन भएको छ । सो कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य पेशल ढकाल प्रमुख अतिथि रहेका थिए  ।
त्यसैगरी पन्नालाल मण्डलको अध्यक्षता ३५ सदस्यीय रङ्गेली नगर समिति पुनर्गठन गरिएको छ । कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य जयराम यादव प्रमुख अतिथि रहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस