फागुन ६, रौतहट । रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यू अवधिमै उच्च श्रृंखल गतिबिधि हुँदा स्थानीय प्रशासनले कर्फ्यू दायरा बढाएको छ । इशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन बिषयमा दुई समुदाय बीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
सरस्वतीको मूर्ति सेलाउन लैजाने समूहमाथि शनिबार घिउरामा मुस्लिम समुदायले घरको छत बाट ढुंगा हान्दा स्थानीय कार्तिकेश ठाकुरलगायत घाइते भएका थिए ।
झडपमा मुस्लिम तर्फ पनि घाइते भएको तर घाइतेको संख्या यकीन हुन नसकेको प्रहरीले बताएको थियो । घटना नियन्त्रण गर्न मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल, सशस्त्रका डिआईजी दीपेन्द्र साह समेत घटनास्थल पुगेका थिए ।
स्थिति नियन्तरणमा लिन सिडियो हिरालाल रेग्मीले एक सूचना जारिगर्दै सनिवार साँझ ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका थिए।कर्फ्यू अवधिमै उच्चश्रृंखला गतिबिधि भएपछि स्थानीय प्रशासनले कर्फ्यू क्षेत्र फराकिलो बनाएको छ । कर्फ्यू जारी संगै उक्त क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ७०० जनशक्ती परिचालन गरिएको छ। अवस्था सामान्य पनि भएको थियो ।