कांग्रेसको महासमिति बैठक ११ बुँदे गोदावरी घोषणापत्र जारी,सात दलीय गठबन्धनलाई निरन्तरता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ११, शुक्रबार (१ साल अघि)
  • १५ पटक पढिएको
कांग्रेसको महासमिति बैठक ११ बुँदे गोदावरी घोषणापत्र जारी,सात दलीय गठबन्धनलाई निरन्तरता

फागुन ११, काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसको महासमिति बैठक ११ बुँदे गोदावरी घोषणापत्र जारी गर्दै सकिएको छ ।
फागुन ७ गतेदेखि सुरु भएर सम्पन्न भएको महासमिति बैठकले नेपालको संविधानको रक्षा, संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

कांग्रेसले मुलुकमा विद्यमान सबैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैंगिक विभेद र हिंसाविरुद्ध कार्यक्रमिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि जाहेर गरेको छ ।

बैठकले कांग्रेसको महत्वपूर्ण उपस्थितिसहित निर्माण भएको सात दलीय गठबन्धनलाई निरन्तरता दिइ वर्तमान सरकारमार्फत भ्रष्ट्राचार, वेथिति र विसंगतिविरुद्ध वैधानिकरूपमै अभियान सञ्चालन गरी सुशासन र राष्ट्रिय सदाचार पद्धति स्थापित गर्न कृतसंकल्पित रहने अठोट पनि गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस