फागुन ११, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार आफ्नो ७३ औं जन्मदिन मनाउँदै छन् ।
विसं २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका अध्यक्ष ओलीले शुक्रबार आफ्नो ७३ औं जन्मदिन मनाउन लागेका हुन् । ७३ औं जन्मदिनको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले यस वर्ष सामान्य रुपमा जन्मदिन मनाउन चाहेको उल्लेख गरेका छन् ।
उहाँले कसैलाई पनि केक बोकेर नआउन आग्रह गरेका छन् । धेरै धुमधामसँग पनि जन्मदिन नमनाउने उनको भनाइ छ ।