प्रतिनिधि सभा बैठक आज बस्दै, के-के छन् कार्यसूचीहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ११, शुक्रबार (१ साल अघि)
  • १५ पटक पढिएको
प्रतिनिधि सभा बैठक आज बस्दै, के-के छन् कार्यसूचीहरु ?

फागुन ११, काठमाडौँ । प्रतिनिधि सभा बैठक आज शुक्रबार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्योहोरा पढेर सुनाउने छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रिय सभामा उत्पति भएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सबन्धी समितिको प्रतिवेदन २०८०’ पेश गर्नुहुनेछ ।

संघीय संसद सचिवालयका अनुसार बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस