विपक्षी दलका सांसदहरुले गणपुरक संख्या नपुर्याउन बैठक छाडेको आरोप लगाएपछि संसदमा विवाद

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ११, शुक्रबार (१ साल अघि)
  • २१ पटक पढिएको
विपक्षी दलका सांसदहरुले गणपुरक संख्या नपुर्याउन बैठक छाडेको आरोप लगाएपछि संसदमा विवाद

फागुन ११, काठमाडौँ । सत्तारुढ सांसदले गणपुरक संख्या नपुर्याउन विपक्षी सांसदहरु बाहिर गएको आरोप लगाएपछि संसदमा विवाद भएको छ । बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले राजनीतिक दलसम्बन्धी विधेयक पेश हुने बेलामा विपक्षी दलका सांसदहरु बाहिर गएको आरोप लगाएपछि आजको बैठकमा पनि विवाद भएको हो ।

लगतै विपक्षी सांसदहरुले उठेर विरोध गरे । सत्तारढ सांसदहरु पनि प्रतिवादमा उत्रिएपछि संसदमा हल्लाखल्ला भएको छ । कांग्रेस सांसद केसीले आफूले आरोप लगाउन नचाहेको, तर आँखाले देखेको बोलेको बतए ।

त्यसपछि सभामुखले एमाले प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षमाथि हिलो छ्यापेको आरोप लगाए । आफूहरुका कारण विधेयक पास गर्न कहाँ बाधा पुग्यो भन्ने प्रश्न गरेका उनले भने, ‘बहुमतको सरकार हो, संसदका बहुमत सदस्यहरुको विश्वास छ भने आफूले पेश गरेको विधेयक पास गर्ने आँट सरकारसँग छ कि छैन रु छैन भने नैतिक रुपले राजीनामा दिनुपर्छ ।’ रास्वपाका विराजभक्त श्रेष्ठले संसदको क्यालेण्डर हेरेको हो कि होइन भनेर प्रश्न गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस