फागुन ११, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालिन न्याय सम्बन्धी विधेयक एक हप्ता भित्र टुंगोमा पुर्याउने गरी अगाडि बढ्ने प्रस्ताव राखेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।
केही विषयमा कसैगरी सहमति नजुटे संसदीय प्रक्रियामा लगेर संक्रमणकालिन न्याय टुंगो लगाउने कुरामा अब ढिलाई गर्न नहुने उनको भनाइ छ ।