विधायन सम्बन्धी विधेयक २०८० राष्ट्रिय सभाबाट पारित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ११, शुक्रबार (१ साल अघि)
  • २१ पटक पढिएको
विधायन सम्बन्धी विधेयक २०८० राष्ट्रिय सभाबाट पारित

फागुन ११, काठमाडौँ । विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले विधायन सम्बन्धी विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० पारित गरिायेस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । कानूनमन्त्रीको प्रस्तावपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए ।

सबै सांसहरुले विधेयकमा सहमति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले विधायन सम्बन्धी विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरेका हुन् । राष्ट्रिय सभाको अर्को बैठक फागुन १४ गते सोमवार ११ बजे बस्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस