फागुन १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेरमात्रै निर्णय गरिने बताएका छन् । उनले प्रतिवेदन पाइसकेको र अध्ययनकै क्रममा रहेको बताए ।
ुबालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ । आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो। प्रतिवेदन अध्ययनको प्रक्रियामा छ । अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं। यो सरकारको क्षेत्राधिकार हो । प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ,ु उनले भने ।
त्यस्तै तीन करोडभन्दा साना योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताए। सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताए ।