समाजवादी मोर्चाले एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १२, शनिबार (१ साल अघि)
  • २२ पटक पढिएको
समाजवादी मोर्चाले एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने

फागुन १२, काठमाडौं । समाजवादी मोर्चाले नेकपा एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय गरेको छ । आज
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोर्चालाई विस्तार गर्ने निर्णय गरेको छ । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेता अनिल शर्माले अब मोर्चाको निर्णयपछि मोर्चाका संयोजक समेत रहेका महासचिव विप्लवले पत्राचार गर्ने जानकारी दिए ।

एमालेसहित नेकपा मशाल, मोहन वैद्य ‘किरण’, आहुती, ऋणी कट्टले लगायतले नेतृत्व गरेका पार्टीलाई पत्राचार गरिने जनाइएको छ । बैठकले समाजवादी मोर्चाका नाराहरूको भित्ते लेखन गर्ने, झण्डा ब्यानरबाट प्रचार गर्ने, काठमाडौंसहित सातै प्रदेशमा १(१ वटा गोष्ठी गर्ने र समाजवादी मोर्चाको मुखपत्र प्रकाशन गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरू सहभागी थिए । फागुन ६ गते बसेको बैठकले विप्लवलाई समाजवादी मोर्चाको संयोजक तोकेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस