‘देश अति संकटको मोडबाट गुज्रिएको छ’ : प्रदीप ज्ञवाली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १२, शनिबार (१ साल अघि)
  • २३ पटक पढिएको
‘देश अति संकटको मोडबाट गुज्रिएको छ’ : प्रदीप ज्ञवाली

फागुन १२, काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश अति संकटको मोडबाट गुज्रिएको बताएका छन् । शनिबारबाट एमाले रामेछाप स्कुल विभागले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै ज्ञवालीले देशका सबै अवयव अहिले संकटमा परेका बताएका थिए ।

अन्तराष्ट्रिय स्तरमासमेत देशका छवि अति कमजोर भएको उनले बताए । विश्व समुदायले विश्वलाई पत्याउनै छाडेको ज्ञवालीको भनाइ छ ।
नेपालको अर्थतन्त्र अहिले अति अप्ठेरोमा रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । अहिले मुख्य बजार केन्द्रका एक तिहाइ सटर बन्द अवस्थामा रहेका उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस