फागुन १४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले संसद्मा आएर जवाफ दिन सरकारलाई केले रोक्यो रु भन्दै प्रश्न गरेका छन् । आज सोमबारको प्रतिनिधिसभामा उनले सभामुखबाट रुलिङ समेत भइसकेको अवस्थामा पटक–पटक निरन्तर जवाफ मागिरहने कुरा सिर्जना हुनु दुःखद भएको बताएका छन् ।
उनले प्रश्न गरे, ‘सभामुखबाट रुलिङसमेत भइसकेको विषयमा सरकारका मन्त्रीहरूले आफूलाई लागेको गम्भीर आरोपको विषयमा सदनमा आएर उभिएर जवाफ दिन केले रोकेको छ ? किन किन यो यो निरन्तर मागिरहनु पर्ने भयो रु मन्त्रीहरूमाथि लागेको आरोप निराधार हो भने तत्काल आएर सदनलाई जवाफ दिनुपर्ने सांसद लामिछानेको माग छ ।
‘कुनै आफ्ठ्यारो छैन भने, आफूमाथि उठेको प्रश्न र आरोप या विषय निराधार हुन् भने यसबारे भन्न केले रोक्यो सरकारलाई ? ’ उनले प्रश्न गरे । सांसद लामिछानेले सार्वभौम सदनलाई लडाइँ र आरोप–प्रत्यारोपको थलो जस्तो बनाइएको उनले बताएका छन् ।