संघीय संसदअन्तर्गत आज आठ संसदीय समितिहरुको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १५, मंगलबार (१ साल अघि)
  • २१ पटक पढिएको
संघीय संसदअन्तर्गत आज आठ संसदीय समितिहरुको बैठक बस्दै

फागुन १५, काठमाडौँ । संघीय संसदअन्तर्गत आज आठ संसदीय समितिहरुको बैठक बस्दैछ । आठ संसदीय समितिहरुमा प्रतिनिधिसभाका पाँच र राष्ट्रिय सभाका तीन वटा समितिहरुको बैठक बस्न लागेको हो । उक्त समितिहरुमध्ये केही समितिले विधेयकहरुमाथि छलफल गर्दैछन् । केही समितिहरुले भने समसामयिक विषयमा छलफल गर्न लागेको हो ।

प्रतिनिधिसभामा बिहान ११ बजे बस्ने बैठकमा महिला तथा सामाजिक मामिला समितिले अन्तरजातीय, अन्तरभाषिक, अन्तरधार्मिक, अन्तरसाँस्कृतिक सहिष्णुता प्रवर्धनमा आयोगले खेलेको भूमिकाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरि शिक्षा, स्वास्थ्य, तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छललफल गर्ने कार्यसूची छ । यस्तै बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरि दिउँसो २ बजे प्रतिनिधिसभाकै अर्थ समिति तथा कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । अर्थ समितिमा आन्तरिक छलफलको कार्यसूची रहेको छ भने कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस