अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा नेपालमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ३२, शुक्रबार (९ महिना अघि)
  • ६२ पटक पढिएको
अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा नेपालमा

साउन ३२,काठमाडौँ । व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा नेपाल आइपुगेका छन् । उनी अहिले अमेरिकी दुतावासमा दुतावासका प्रतिनिधिहरुसँग छलफल गरिरहेका छन् ।

उप विदेशमन्त्री वर्माले आफ्नो नेपाल भ्रमणको क्रममा नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू तथा नेपाली व्यवसायीहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

क्जष्खबm ऋझभलत
उनी आज दिन भर भेटघाट गर्ने र भोली बिहानै भारत जाने कार्यक्रम रहेको छ । भारतका उनी पूर्व अमेरिकी राजदूत पनि हुन् । दूतावास स्रोतका अनुसार उनले आजै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकी बाइडेन सरकारका शक्तिशाली मन्त्रीमध्येका एक उपविदेश मन्त्री वर्मा नेपाललाई नजिकबाट बुझेका व्यक्तिमा पर्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस