परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २, आईतबार (९ महिना अघि)
  • ७३ पटक पढिएको
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

भाद्र २,काठमाडौँ ।परराष्ट्र मन्त्री आरजु राणा आइतबार भारत प्रस्थान गरेकी छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री राणा आइतबार बिहान साढे ११ बजे नयाँ दिल्ली प्रस्थान गरेकी हुन्।

परराष्ट्र मन्त्री नियुक्त भएपछिको उनको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ।

मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल लगायतले विदाइ गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस