पौष २०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको छ । शनिबारबाट काठमाडौँमा सुरु भएको केन्द्रीय समितिको बैठकले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको हो ।
बैठक आजबाट सुरु भएको र आइतवारसम्म सञ्चालन हुने पार्टीका सांसद गणेश पराजुलीले जानकारी दिए। उनका अनुसार बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषयका बारेमा पनि छलफल हुनेछ ।