काठमाण्डौको सिनामंगलमा भ्यानको ठक्करबाट एकजनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ माघ ९, बुधबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाडौं । सिनामंगलमा भ्यानको ठक्करबाट उदयपुरकी अनिमा कार्कीको ज्यान गएको छ ।

बुधबार बिहान बा १९ च ९६ ४५ नम्बरको भ्यानले ठक्कर दिँदा घाइते भएकी उदयपुरको कटारी नगरपालिका ८ घर भई काठमाण्डौको सिनामंगलमा बस्दै आएकी कार्कीको ज्यान गएको हो ।

१८ वर्षकी कार्कीको उपचारको क्रममा काठमाण्डौ मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस