माघ ९, भोजपुर । मौसम बद्लिएर झमझम पानी परिरहेका बेला भोजपुरमा भूकम्प गएको छ । मंगलर राति साढे १० बजे भोजपुरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पका कारण केहिबेर स्थानीयले कोलाहल मच्चाएका थिए । केहि ब्यक्तिहरु घर बाहिर समेत निस्किएको प्रहरी ले जनाएको छ । तर, कुनै मानविय र भौतिक क्षति भने नभएको प्रहरीले बताएको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा समेत महशुस गरिएको थियो।
मंगलबार बिहान मात्रै काठमाडौंको थापाथलीलाई केन्द्रबिन्दु बनाएर ३ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो ।