भक्तपुरको साँगामा एम्बुलेन्स दुर्घटना, ६ जना घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ माघ १२, शनिबार (६ साल अघि)
  • ६१ पटक पढिएको
Post Thumbnail

माघ १२, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-१० साँगास्थित मुसे गणेश मन्दिर नजिक एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।

सिराहाको लहानमा भएको गाडी दुर्घटनाका घाइतेलाई उपचार गर्न ल्याउँदै गरेको ज १ च १४९० नम्बरको यादव सेवा समाजको एम्बुलेन्स शुक्रबार राति साढे ९ बजेतिर अनियन्त्रित भई दुर्घटना भएको थियो ।

एम्बुलेन्स सडकबाट करिब एक सय मिटर तल खोल्सामा खस्दा चालक दोलखा सिँगटी घर भई हाल काठमाडौंको कपन बस्ने २५ वर्षीय सन्तोष तामाङलगायतका घाइते भएका छन् । तामाङको मध्यपुर अस्पताल ठिमीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज रिफर गरिएको छ ।

यसैगरी सर्लाहीको लालबन्दी नगरपालिका १४ घर भई हाल काठमाडौंको कपन बस्ने बर्ष २१ को बिर बहादुर लुङगेली, उदयपुरको कटारी बस्ने ३५ वर्षीय मोहन बहादुर न्यौपाने, धनुषाको ढल्केबर बस्ने ७१ वर्षीय झलक बहादुर खड्का, सोही स्थानका ७१ वर्षीय बाटुला खड्का, ३७ वर्षीया घन कुमारी खड्काको ईवामुरा अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर र जगाती वृत्तबाट ३५ जनाको प्रहरी टोली उद्धारमा खटिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस