धादिङ थाक्रे रानीवारीमा गोठ पुरिँदा मृत्यु भएका पन्तका परिवारलाई आर्थिक सहयोग !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण १२, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन १२, थाक्रे । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ रानीवारीमा पहिरोमा परि मृत्यु भएका सानु बाबु पन्तका आफन्तलाई नगद रु ५० हजार प्रदान गरिएको छ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद भुमि त्रिपाठीको नेतृत्वमा पहिरोबाट च्यापिएर ज्यान गुमाएका स्व. ५५ वर्षका पन्तप्रति श्रद्धाञ्जली अर्पण गर्दै रिवारजन,आफन्तजन लगायतमा समवेदना व्यक्त गरि परिवारलाई राहात स्वरुप रु ५० हजार हस्तान्तरण गरिएको हो ।

गोठमा गएको समयमा पहिरो खस्दा च्यापिएर उनको मृत्यु भएको थियो । पहिरोको कारण गोठ भत्किदा एउटा राँगो समेत पुरिएको थियो । सहयोग कार्यक्रममा थाक्रे गाउँपलिका अध्यक्ष रामकुमार आचार्यसहित नेकपाका बिभिन्न नेता तथा जनप्रतिनिधीहरु श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस