२७ कम्पनीको कारोबारबाट नेप्सेलाई २८ लाख कमिशन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण १५, बिहिबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन १५, काठमाण्डौ ।  अघिल्लो आर्थिक वर्षमा ओटीसी कारोबारबाट नेपाल स्टक एक्सचेन्ज नेप्सेले २८ लाख बढी आम्दानी गरेको छ । नेप्सेले आर्थिक वर्ष ७६/७७ मा ओटीसी कारोबारको कमिशनबाट २८ लाख ३६ हजार १ सय ११ रुपैंया आम्दानी गरेको हो । सोहि अवधिमा कमिशन वापत नेपाल धितोपत्र बोर्डले २ लाख ८३ हजार आम्दानी गरेको छ । नेप्सेमा सुचिकृत नभएको कम्पनीको कारोबार ओटीसी मार्केट मार्फत हुने गरेको छ ।

यस अवधिमा २७ वटा कम्पनीको ओटीसी मार्फत कारोबार भएको छ । कारोबारको क्रममा ति कम्पनीका लगानीकर्ताले २५ लाख ६९ हजार ९ सय ६८ रुपैयाँ बराबरको पुँजीगत लाभकर तिरेका छन् ।

यस अवधिमा ७२ लाख ४६ हजार ८ सय ९५ कित्ता शेयर कारोबार भएको छ । जस मध्ये सबैभन्दा बढी हाथवे इनभेस्टमेन्टको सबै भन्दा बढी ४५ लाख ९४ हजार शेयार कारोबार भएको छ । त्यस्तै दोस्रोमा नेप्से कै १० लाख कित्ता शेयर कारोबार भएको हो । राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रि गरेको हो । यस अवधिमा वल्डलिंक र डिसहोमको पनि ओटीसी मार्केट मार्फत शेयर कारोबार भएको छ । यी बाहेक विभिन्न हाइड्रो कम्पनी, कलेज, इन्भेस्टमेन्ट कम्पनी, हस्पिटल , ल्याब लगायत रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस