पेट्रोलको भाउ बढ्यो, डिजल र मट्टीतेलको भाउ भने यथावत्

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र १७, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र १७, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ । भारतबाट मूल्य हेरफेर भएर आएकोले नेपालमा पनि मङ्गलबार रातिदेखि लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएको नेपाल आयल निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय सात रुपैयाँ पुगेको छ । डिजल, मट्टीतेल, ग्यास र हवाई इन्धनको भाउ भने यथावत् रहेको निगमले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस