असोज १५, नुवाकोट । समाज सेवामा एक कदम अगाडी रहेका जगत लामाको नेतृत्वमा राहात सामाग्री बितरण गरिएको छ । नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ५, ६ र ८ का पहिरो पिडित नागरिकहरुलाई राहात स्वरुप खाद्य सामाग्री तथा सिमेन्ट खरिदका लागी नगद हस्तान्तरण गरिएको हो । नुवाकोटको बेलकोटगढीमा लामो समयदेखि बिकासका काम तथा समाज सेवामा एक कदम अगाडी रहेका लामाले १५ घरपरिवारको लागी ५ लाख बराबरको राहात सामाग्री प्रदान गरेका छन् । साथै पहिरोले पूर्ण क्षति भएका ६ घरपरिवारको लागी सिमेन्ट खरिदका लागी नगद रु १० हजार प्रदान गरिएको लामाले बताएका छन् ।
राहात सामाग्रीहरुमा २ बण्डल रंगिन जस्ता, २ बोरा चामल, ४ किलो दाल, २ किलो नुन, २ लिटर तेल, १/१ थान ब्याङकेट बितरण गरिएको समाजसेवी जगत लामाले बताए । साथै बिभिन्न, संघ सँस्था, क्लवको लागी १० थान स्ट्रेचर पनि बितरण गरिएको छ । बढ्दो कोरोना भाइरस कोभिड १९ को माहामारीमा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन भएको कार्यक्रममा नेकपा नगर अध्यक्ष जित बहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।